Rule 171A
विद्यालयको काम कारबाहीको सामाजिक परीक्षण गर्ने
सामुदायिक विद्यालयको काम कारबाही ऐन तथा यस नियमावली बमोजिम भए नभएको सम्बन्धमा प्रत्येक वर्ष मूल्याड्ढन गर्न देहाय बमोजिमको एक सामाजिक परीक्षण समिति रहनेछः–
(क) शिक्षक–अभिभावक संघको अध्यक्ष – संयोजक
(ख) विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुमध्ये एकजना महिला अभिभावक समेत पर्ने गरी शिक्षक–अभिभावक संघले तोकेको दुईजना – सदस्य
(ग) विद्यालय रहेको सम्बन्धित वडाको वडा अध्यक्ष – सदस्य
(घ) शिक्षक–अभिभावक संघले तोकेको बुद्धिजिवी एकजना – सदस्य
(घ१) विद्यालयको उच्चतम कक्षामा अध्ययनरत प्रथम छात्र वा छात्रा – सदस्य
(ङ) प्रधानाध्यापकले तोकेको विद्यालयको शिक्षक – सदस्य–सचिव